Rule 8
सिसिटिभि क्यामेराको प्रयोग
: (१) नियम ६ बा ७ बमोजिम सिसिटिभि क्यामेरा जडान गर्ने निकाय, संस्था वा व्यक्तिले त्यस्तो सिसिटिभि क्यामेराबाट लिइएका दृश्यहरु गोप्य र सुरक्षित रुपमा राख्नु पर्नेछ र त्यस्ता दृश्यहरु सार्वजनिक गर्न वा व्यावसायिक प्रयोजनको लागि प्रयोग गर्न हुँदैन ।

(२) नियम ६ बमोजिम जडान भएको सिसिटिभि क्यामेराबाट लिइएका दृश्यहरु त्यस्तो सिसिटिभि क्यामेराको भण्डारण क्षामता अनुसार सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ।

(३) नियम ६ बमोजिम जडान भएको सिसिटिभि क्यामेरा मर्मत गर्नु पर्ने भएमा, हटाउनु पर्ने भएमा वा परिवर्तन गर्नु पर्ने भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई सूचना दिनु पर्नेछ । (४) नियम ६ बमोजिम जडान भएको सिसिटिभि क्यामेरा मर्मत गर्नु पर्ने, हटाउनु पर्ने वा परिवर्तन गर्नु पर्ने भई त्यस्तो सिसिटिभि क्यामेराबाट लिइएका (दृश्य मेटिन सक्ने भएमा त्यस्तो दृश्य उतार गरी कम्तीमा तीस दिनसम्म सुरक्षित रहने व्यवस्था गर्नु पर्नेछ ।

(9५) नियम ६ बमोजिम जडान भएका सिसिटिभि क्यामेराबाट लिइएका दृश्यहरु प्रचलित नेपाल कानून अन्तर्गत चल्ने मुद्दाको अनुसन्धान वा सुनुवाईको प्रयोजनको लागि सम्बन्धित अनुसन्धान अधिकारी, अदालत वा मुद्दा हेर्ने अधिकारीले सङ्कलन गर्न, हेर्न वा प्रयोग गर्न सक्नेछ ।

(६) नियम ७ बमोजिम जडान भएका सिसिटिभि क्यामेराबाट लिइएका दृश्यहरु प्रचलित नेपाल कानून अन्तर्गत चल्ने मुद्दाको अनुसन्धान वा सुनुवाईको प्रयोजनको लागि प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी सम्बन्धित अनुसन्धान अधिकारी, अदालत वा मुद्दा हेर्ने अधिकारीले सङ्कलन गर्न, हेर्न वा प्रयोग गर्न सक्नेछ ।